क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते तीनको अवस्था गम्भीर

क्यानाडाको एक रेस्टुरेन्टमा विस्फोट, १५ जना घाइते तीनको अवस्था गम्भीर
अन्तर्राष्ट्रिय समाचार

क्यानाडाको टोरोन्टो नजिकैको एउटा रेस्टुरेन्टमा विस्फोट हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

टोरोन्टो नजिकको मिसिसाउगा रहेको बम्बे भेल रेस्टुरेन्टमा बिस्फोट भएको हो । स्थानीय समय अनुसार राति १०ः३० बजे उक्त रेस्टुरेन्टमा विस्फोट भएको जनाइएको छ ।

शंकास्पद दुई व्यक्ति प्रवेश गरेर विस्फोट गराएको बताइएको छ ।

विस्फोटका कारण रेस्टुरेन्ट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Post Comment