निकारागुआमा सरकारविरोधी प्रदर्शन: १५ जनाको मृत्यु

निकारागुआमा सरकारविरोधी प्रदर्शन: १५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

मध्यअमेरिकी देश निकारागुआमा राष्ट्रपति ड्यानिएल ओर्टेगाविरुद्ध विगत एक महिनादेखि चलिरहेको आन्दोलनमा बुधवार भएको हिंसामा १५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

निकारागुआ प्रहरीले यसको जानकारी दिएको हो । क्याथोसलक बिशपहरूको एपिस्कोपल संगठनले हिंसाको निन्दा गर्दै संगठित र सुनियोजित आक्रामकता संज्ञा दिएको छ ।

संगठनले सरकारसँग बिहीवार निर्धारित वार्ता स्थगित गरेको छ । प्रहरीका अनुसार, निकारागुआमा बुधवार मदर्स डेको अवसरमा सरकारसमर्थित सशस्त्र समूहले –याली निकालिरहेका प्रदर्शनकारीमाथि गोली चलाए जसमा १५ जनाको
मृत्यु भयो अनि २०० भन्दा बढी घाइते भए ।

उक्त –याली एक महिनादेखि विरोध प्रदर्शनमा मारिएका बच्चाहरूको यादमा आयोजित गरिएको थियो ।

Post Comment