इतिहासमा पहिलो पटक बाइबल बिना नै शपथ ग्रहण

इतिहासमा पहिलो पटक बाइबल बिना नै शपथ ग्रहण
अन्तर्राष्ट्रिय समाचार

स्पेनका नव निर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेथले बाइबल बिना नै शपथ ग्रहण गरेका छन् । स्पेनको आधुनिक इतिहासमा पहिलो पटक इसाइहरुको धार्मिक ग्रन्थ बाइबल वा ‘क्रुसिफिक्स’ बिना नै उनले शपथ लिए किनकि उनी नास्तिक हुन् ।

स्पेन समाजवादी नेता पेड्रो सान्चेथलाई त्यहाँका राजा फेलिपिलेले शपथ दिलाएका छन् ।

अविश्वासको मतपछि पदबाट हटाइएक अनुदारवादी नेता मारिओनो राखोई पनि सो शपथ ग्रहण कार्यक्रममा उपस्थित थिए ।

शपथका क्रममा उनले देशको संविधानको रक्षा गर्ने बाचा गरे ।

अब प्रधानमन्त्रीको बाँकी रहेको दुई वर्षको कार्यकालका लागि उनी पदमा रहन पाउनेछन् तर संसद्‍मा उनको दलको एक चौथाइ सिट मात्र छ ।

आफ्नो मन्त्रिमण्डलमा कसलाई सामेल गराउने भनेर सान्चेथले विचार गरिरहेका छन् ।

उनका पूर्ववर्ती राखोयलाई भ्रष्टचारको अभियोगमा पदबाट हटाउनका लागि सान्चेथले बास्क तथा क्याटलान राष्ट्रवादीहरूसँगै छ अन्य दलको समर्थन पाएका थिए ।

को हुन् पेन्ड्रो ?

पेन्ड्रोको जन्म स्पेनको राजधानी मेड्रिडमा सन् १९७२ को फेब्रुअरी २९ तारिखमा भएको हो । उनले आफ्नो पढाई केमिलो जोस सेला युनिभर्सिटीबाट गरेका हुन् ।प

पेन्ड्रो एक अर्थशास्त्री र बास्केटबल खेलाडी पनि हुन् ।

४६ वर्षका सान्चेथ सन् २०१४ मा स्पेशनिश सोसलिष्ट पार्टीका प्रमुख बनेपछि चर्चामा आएका हुन् ।

त्यसपछि उनले पार्टीलाई एक गर्ने र समाजवादीलाई पुनः सत्तामा भित्र्याउने बचनसहित चुनाव जिते ।

सोसलिष्ट पार्टीमा संलग्न हुनुअघि उनी म्याड्रिड सिटी काउन्सिलमा काउन्सलरको रुपमा कार्यरत थिए ।

सन् २०१५ र १६ मा उनले दुई पटक चुनाव हारे । यसकारण उनले पार्टी प्रमुख पद छोड्नुपरेको थियो तर केही महिना पछि नै उनका पार्टीका सदस्यले उनीमाथि विश्वास गरेर पुनः एक पटक पार्टी प्रमुख बनाए ।

Post Comment