युरोप प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण गर्न भेला हुँदै

युरोप प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण गर्न भेला हुँदै
अन्तर्राष्ट्रिय समाचार

युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने युरोपेली सङ्घको योजनामा आफूलाई प्राथमिकतामा नराखे त्यसमा हस्ताक्षर नगर्ने चेतावनी इटलीले दिएको छ।

सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि १० ईयू सदस्य राष्ट्रका नेताहरू आफ्ना योजना तय गर्न आइतवार ब्रसल्समा भेला हुँदैछन्।

लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमनविन्दु बनेको छ।

इटलीका उग्रदक्षिणपन्थी आन्तरिक मामिलामन्त्री माट्टेओ साल्भिनीले अब आफूहरूलाई सहयोगको आवश्यकता रहेको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्- यदि हामी फ्रान्स र जर्मनीले पहिले नै तयार पारेको गृहकार्य प्राप्त गर्नका लागि मात्र ब्रसल्स जाँदैछौँ भने प्रधानमन्त्रीले उक्त भ्रमणको खर्च बचत गर्नु उचित हुन्छ।

जुन २८ र २९ मा हुन लागेको ईयू शिखरसम्मेलनलाई ओझेलमा पार्दै आप्रवासन र शरण लिन चाहेकाहरूको मुद्दामाथि ईयूमा गम्भीर मतभेदका माझ ब्रसल्समा वार्ता हुन लागेको हो।

Post Comment