ईयूको योजनाप्रति फ्रान्सका राष्ट्रपतिले दिए चेतावनी

ईयूको योजनाप्रति फ्रान्सका राष्ट्रपतिले दिए चेतावनी
अन्तर्राष्ट्रिय समाचार

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले युरोपेली युनियन ईयूले बनाएको आप्रवासी छनोट केन्द्र बनाउने योजनाले आप्रवासीसम्बन्धी समस्या समाधान नहुने चेतावनी दिएका छन् ।

बीबीसीसँग कुरा गर्दै राष्ट्रपति म्याक्रोले उत्तर अफ्रिकामा आप्रवासी छनोट केन्द्र स्थापना गर्ने ईयूको योजनाले समस्या समाधान नहुने बताएका हुन् ।

ईयू नेताहरुले यो महिनाको शुरुवातमै भएको सम्मेलनमा सोसम्बन्धी योजनामा सहमति जनाए पनि हालसम्म कुनै पनि युरोपेली मुलुकले आफ्नो मुलुकमा केन्द्र स्थापनाका लागि सहमति जनाएका छैनन् ।

जनसंख्याको तीब्र वृद्धिसँगै आधारभूत आवश्यकताको समेत अभाव हुन थालेपछि युरोपमा अफ्रिकी आप्रवासी बढ्दै गएको भन्दै म्याक्रोले त्यसको समाधानका लागि अफ्रिकी मुलुक आफैंले नेतृत्व लिन तयार हुनुपर्ने बताए ।

यद्यपी ईयूले अफ्रिकी मुलुकमाथि हस्तक्षेप गर्दै कुनै निर्णय नगर्ने उनले स्पष्ट पारेका छन् ।

Post Comment