पाकिस्तानमा बुधबार निर्वाचन सम्पन्न भएको छ । मतदान सकिएसँगै देशभर मतगणना शुरु भएको छ ।
पछिल्लो परिणामहरुका अनुसार पूर्व पाकिस्तानी क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक ए इन्साफ(पीटीआइ) प्रारम्भिक मतगणनामा उभार देखिएको छ । २७२ सीटका लागि भएको चुनावको प्रारम्भिक गणनामा इमरानको पार्टीले १२२ स्थानमा अग्रता बनाएको रिपोर्टहरु सार्वजनिक भएको छ ।
इमरान खान जसले पाकिस्तानलाई १९९२ को विश्वकप क्रिकेट जिताएका थिए । करिब दुई दशक क्रिकेटमा राज गरेका इमरानले अहिले राजनीतिमा राज गरेका छन् र उनको पार्टीले बहुमत ल्याएको खण्डमा उनी प्रधानमन्त्री बन्ने आकलन गरिएको छ ।
२२ वर्ष पहिला पाकिस्तानको राजनीतिमा खुट्टा राखेका इमरानले खेलसहित राजनीतिमा अफ्नो जवरजस्त उपस्थिति र सफलता जनाएका छन् । तर उनको वैवाहिक जीवनमा भने उनी सफल देखिएका छैनन् ।
२५ नोभेम्बर १९५२ मा जन्मेमा इमरान खानले लाहोरको एचीसन कलेज, क्थाड्रल स्कूल र इग्ल्याण्डको रोयल ग्रामर स्कूलमा अध्ययन गरेका थिए । उनले अक्फोर्डबाट राजनीति र अर्थशास्त्रको पढाइ गरेका थिए ।
क्रिकेट खेलाडी भएका बेला इमरान खानको छवि क्लब तथा पार्टिहरुमा जाने र लगातार रोमान्समा जोडिने युवाको रुपमा थियो । इमरानले १९९५ मा बेलायती जेमिमा गोल्डस्मिथसँग निकाह(विवाह) गरेका थिए ।
जेमिमा र इमरानका दुई छोरा छन् । तर नौ सर्वसम्म साथ रहेपछि जेमिमा र इमरानको २००४ मा तलाक( डिभोर्स) भयो ।
यस पछि २०१४ मा इमरानले टेलिभिजन एंकर रेहम खानसँग दोस्रो विवाह गरे । रेहाम खानका आमा बुवा पाकिस्तानी हुन् तर उनको जन्म लिवियामा भएको थियो । उनीहरुको विवाह १० महिना मात्र चल्यो ।
पछि उनले किताव लेखेर इमरानले यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
यसपछि इमरान खानले फेब्रुअरी २०१८ मा बुशरा मानिकासँग निकाह(विवाह) गरेका छन् ।