भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ ।
एम्स अस्पतालले जारी गरेको मेडिकल बुलेटिनमा वाजपेयीले साँझ ५ बजेर २० मिनेट जाँदा अन्तिम सास लिएको बताइएको छ ।
स्वास्थ्य नाजुक भएपछि उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो ।
वाजपेयी तीनचोटि भारतका प्रधानमन्त्री रहेका थिए ।
उनी राजनीतिबाहेक साहित्यमा पनि चिनिएका नाम थिए । उनको भाषणकला बेजोड थियो ।