संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको मृत्यु

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव अन्नानको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु भएको छ। अस्वस्थ रहेका ८० वर्षे अन्नानको स्वीटजरल्यान्डमा शनिबार मृत्यु भएको जनाइएको छ।

अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत थिए। उनले संयुक्त राष्ट्र संघका महासचिवका रुपमा १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल काम गरेका थिए। हालको घानामा उनको जन्म भएको हो।

२००१ को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र कोफी अन्नानलार्इ संयुक्त रुपमा प्रदान गरिएको थियो।

Post Comment