पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्ने बताएका छन्। उनले पाकिस्तानका ऊर्दू पत्रिकाहरुमा पाकिस्तान र अमेरिकाको सम्बन्धको बारेको लेखमा यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘अमेरकिाको गलत कुरा हामी मान्दैनौ। तर अमेरिकासँग भने सम्मानका साथ सम्बन्ध राख्न चाहन्छौ।’
बीबीसीले एक्सप्रेस अखबारलाई उद्दृत गर्दै इमरान खानले अमेरिकामाथि पूरै निगरानी राख्ने बताएका छन्।
उनले त्यहाँ भनेका छन्, ‘अमेरिकासँग सम्बन्ध राम्रो राख्न चाहन्छौ । तर सबै गलत कुरा मान्दैनौ।’ यस्तै उनले छिमेकी मुलुक भारतसँग पनि सम्बन्ध राम्रो राख्ने तर सबै भारतले हामीसँग सकारात्मक रबैया देखाइरहेका छन्।’
इस्लामावादमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूसँग धेरै चुनौतीहरु रहेको बताएका छन्। उनले सेना प्रमुख जनरल कमर जावेद बाजवाको खुलेर प्रसंशा गरेका छन्। उनले सेना प्रमुखको प्रसशा गर्दै भनेका छन्, ‘ जनरल बाजवा सबैभन्दा उत्कृष्ट सेना प्रमुख हुन र उनी सधै लोकतान्त्रिक सरकारसँग उभिइरहेका छन्।’
पाकिस्तानको सेना मुख्यालय भ्रमण गर्ने क्रममा सेना प्रमुख, वरिष्ठ अधिकारीलगायतसँग भेटघाट गरेका थिए।