इरानी राष्ट्रपति रूहानीको चुनौती: अमेरिकासँग भिड्न तयार छौं

इरानी राष्ट्रपति रूहानीको चुनौती: अमेरिकासँग भिड्न तयार छौं
अन्तर्राष्ट्रिय समाचार

सैन्य परेडमाथि आक्रमण भएको एक दिनपछि इरानका राष्ट्रपति हसन रूहानीले आइतवार आफ्नो देश इरान अमेरिका र उसका खाडी सहयोगीसँग भिड्न तयार रहेको बताएका छन् ।

शनिवार सैन्य परेडमा आक्रमण हुँदा २९ जनाको मृत्यु भएको थियो ।

न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभाको सत्रमा भाग लिनका लागि तेहरानबाट प्रस्थान गर्नुअघि रुहानीले अमेरिका समर्थित  खाडी मुलुकहरूले इरानका विरोधी संगठनहरूलाई हतियार उपलब्ध गराएको आरोप लगाएका थिए ।

रूहानीले भने, ‘अमेरिका यी साना देशहरूलाई समर्थन गर्छ र भड्काइरहन्छ । तर हामी यो स्थितिको सामना गर्न तयार छौं । हामीहरू उनीहरूलाई जित्छौं र अमेरिकालाई यो बाटो छानेकोमा पछुताउनुपर्ने हुन्छ ।’

इरानको परराष्ट्र मन्त्रालयले यूएईका अधिकारीलाई यो घटनापछि समन पठाएको छ । इरानको सरकारी टीभी च्यानलका अनुसार, यो समन उक्त अधिकारीको असंवेदनशील टिप्पणीपछि पठाइएको हो ।

कतार, साउदी अरब र यूएईले सैन्य परेडमा भएको आक्रमणको निन्दा गरेका छन् । इस्लामिक रिपब्लिकले सन् १९८० को युद्धको शुरूआतको वार्षिकीमा आयोजित समारोहमा भेला भएका मानिसमाथि बन्दूकधारीले गोली चलाएको थियो ।

रूहानीका अनुसार, इराकका पूर्व तानाशाह सद्दाम हुसैनका लडाकूहरू नै अहिले मालिक परिवर्तन गरेर इरानका विरुद्ध लागेका छन् । अरब खाडीबाट दक्षिणतिर रहेका देशमध्ये एकले ती लडाकूहरूलाई आर्थिक, राजनीतिक र हतियार सहायता दिन्छ ।

Post Comment