ताइवानमा रेल दुर्घटना हुदाँ १८ को मृत्यु, एक सय ७० घाइते

ताइवानमा रेल दुर्घटना हुदाँ १८ को मृत्यु, एक सय ७० घाइते
अन्तर्राष्ट्रिय समाचार

ताइवानको उत्तर पूर्वी इलाकामा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने एक सय ७० घाइते भएका छन् ।

रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए ।

ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीले जानकारी दिएका छन्

Post Comment