विपक्षी दललाई भोट दिएको भन्दै सामूहिक बलात्कार

विपक्षी दललाई भोट दिएको भन्दै सामूहिक बलात्कार
अन्तर्राष्ट्रिय समाचार

सामूहिक बलात्कारको आशंकामा बंगलादेशको एक अदालतले सत्ताधारी आवामी लीग पार्टीको स्थानीय नेतासहित सातजनालाई हिरासतमा लिन आदेश दिएको बीबीसीले जनाएको छ ।

पीडित महिलाले गएको हप्ता भएको चुनावमा विपक्षी दललाई भोट दिएको भन्दै उनीहरुले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले गएको चुनावमा बंगलादेश नेश्नलिष्ट पार्टीलाई भोट दिएकी थिइन् ।

चार सन्तानकी आमासमेत रहेकी ती महिलामाथि चुनावको रातमा नै बलात्कार भएको थियो । घटनाको चौतर्फी चर्को विरोध भइरहेको छ । घटनापछि बलात्कारको आरोप लागेको ती नेतालाई पार्टीबाट निष्कासन गरिएको अवामी लिगले जनाएको छ ।

के भएको थियो ?

पीडित महिलाको श्रीमानले गएको हप्ता दिएको उजुरीमा भनेका छन्, केही मानिसहरु आधा रातमा नओखली जिल्लामा रहेको उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए । उनीहरुले उनका साथै चार बच्चालाई बाँधेर उनकी पत्नीमाथि बलात्कार गरेका थिए ।

उनीहरु गैसकेपछि छिमेकीले ३५ वर्षीय ती पीडित महिलालाई अस्पताल लगेका थिए ।

प्राप्त जानकारी अनुसार चुनावका दिन ती महिला भोट दिन गएको बेलामा ती पुरुषहरुले उनलाई विपक्षी दलका उम्मेदवारलाई भोट दिन भनेका थिए । स्थानीय सञ्चारमाध्यममा बताइएअनुसार त्यतिबेला ती महिलाले आवामी लिगका पूर्व स्थानीय नेता राहुल अमिनसँग रिसाएर प्रतिक्रिया दिएकी थिइन् ।

Post Comment