विश्वकै जेष्ठ नागरिकको निधन

विश्वकै जेष्ठ नागरिकको निधन
अन्तर्राष्ट्रिय समाचार

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उनको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।

‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,’ उनकी नातिनी युकोले भनिन् ।

नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी थिए । उनले १९३१ मा विवाह गरेका थिए भने पाँच जना सन्तान थिए ।

Post Comment