अष्ट्रेलियाको गर्मीले रेकर्ड तोड्योः ९० बढी जंगली घोडाको मृत्यु

अष्ट्रेलियाको गर्मीले रेकर्ड तोड्योः ९० बढी जंगली घोडाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

अष्ट्रेलियाको उखरमाउलो गर्मीका कारण केही दिनभित्र ९० बढी जंगली घोडाको मृत्यु भएको छ ।

मध्य र उत्तर–मध्य अष्ट्रेलियाको नर्दन टेरिटोरीको एलिस स्प्रिंग्स नजिकै सुकिसकेका खाल्डामा रेन्जरहरुले मरेका घोडा भेटेका हुन् ।

करिब ४० घोडाको पानीको कमी र भोकका कारण मृत्यु भइसकेको थियो । बचेका मरणासन्न घोडालाई पछि प्रशासनले मारिदिए ।

अष्ट्रेलियामा पछिल्लो दुई हप्तादेखि भीषण गर्मी छ । पूरा देशमा गर्मीका पछिल्ला रेकर्ड तोडिएका छन् ।

बिहिबार एडिलेडमा सन् १९३९ को रेकर्ड तोड्दै तापक्रम ४६.२ डिग्री सेन्टिग्रेडसम्म पुग्यो ।

घोडा कसरी भेटिए ?

स्थानीय प्राधिकरण सेन्ट्रल ल्याण्ड काउन्सिल (सीएलसी) का अनुसार एक समूदायका मानिसहरुले घोडा नदेखिएको रेन्जर्सलाई बताएपछि यी घोडा भेटिएका हुन् ।

घोडाको मृत्यु भएको एक स्थानीय निवासी राल्फ टर्नर पनि पुगे र उनले यसको तस्बिर पोस्ट गरेर यसमा ‘नरसंहार’ लेखे ।

उनले बीबीसीलाई भने, ‘यो हाम्रो लागि ठूलो यातना थियो । मैले पहिले यस्तो प्रकारको केही पनि देखेको थिइनँ । चारैतर्फ घोडाका शव थिए ।’

उनले भने, ‘यस्तो भएकोमा मलाई विश्वास नै लागिरहेको थिएन ।’

अर्का एक स्थानीय रोहन स्मिथले एबीसीलाई भने, ‘त्यहाँ धेरैजसो पानी भइरहेको हुन्थ्यो र यसका लागि घोडा कतै पनि जाँदैनथे ।

अष्ट्रेलियाको गर्मीले रेकर्ड तोड्योः

अष्ट्रेलियाको तापक्रमले अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

प्रशासनले स्वास्थ्य सम्बन्धि चेतावनी दिँदै वृद्ध र बच्चाहरु बिरामी हुने आशंका जताउँदै उनीहरुलाई घरभित्रै रहन आग्रह गरेको छ ।

अत्यधिक गर्मीका कारण अन्य जंगली जनावर पनि प्रभावित भएका छन् । न्यू साउथ वेल्समा चमेरोको पनि सामूहिक मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

सुख्खाले प्रभावित राजयको नदी किनारामा करिब १० लाख माछा पनि मारेको पाइएको छ ।

Post Comment