भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि शाब्दिक आक्रमण गर्दैै आफूसँग पाँच मिनेट बहस गर्न चुनौती दिएका छन् ।
‘मोदीजी, तपाईंले आफूसँग ५६ इन्चको छाती छ भन्नुभयो । म तपाईंलाई आमनेसामने बसेर बहस गर्न चुनौती दिन्छु,’ गान्धीले भने ।
‘म भाजपालाई चुनौती दिन्छु, नरेन्द्र मोदीजीलाई मसँग मञ्चमा १० मिनेट बहस गर्न दिनुस् । उनी डराएका छन्, उनी डरछेरुवा मानिस हुन् ।’
देशभरि रहेका पार्टीका अल्पसंख्यक सेलका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यो कुरा भनेका हुन् ।
कांग्रेस अध्यक्षले यसअघि पनि थुप्रैपटक मोदीलाई बहसमा भाग लिन चुनौती दिएका छन् । गत नोभेम्बरमा राहुलले मोदीलाई रफायेल लडाकू विमान सम्झौताका बारेम ाबहस गर्न चुनौती दिएका थिए ।
हिजो गान्धीले कांग्रेस लोकसभामा घृणालाई प्रोत्साहन नदिइकनै भाजपालाई हराउन समर्थ रहेको बताएका थिए ।