अमेरिकाको पूर्व कट्टर दुश्मन भियतनामले किन आयोजना गर्दैछ ट्रम्प-किम बैठक ?

अमेरिकाको पूर्व कट्टर दुश्मन भियतनामले किन आयोजना गर्दैछ ट्रम्प-किम बैठक ?
अन्तर्राष्ट्रिय समाचार

सन् १९६५ मार्च महिनामा दक्षिणी भियतनामको डनअङ्ग शहरमा पहिलो अमेरिकी फौज ओर्लिएको थियो।

दक्षिण-पूर्व एशियामा पूँजीवादविरूद्ध साम्यवादीको रक्तपातपूर्ण लडाइँमा संलग्न हुने उद्देश्यले त्यसो गरिएको थियो।

झण्डै ४४ वर्षपछि त्यही सहरले भियतनामको पूर्व शत्रु र उसको शीतयुद्धकालीन सहयोगी उत्तर कोरियाबीच सम्वाद आयोजना गर्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग आफ्नो दोस्रो बैठक फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने पुष्टि गरिसकेका छन्।

बैठक डनअङ्ग वा हनोइमा हुनसक्छ।

भियतनाम किन?

कम्युनिष्ट सत्ता भए पनि पूँजीवादी अर्थतन्त्र रहेको भियतनामलाई अहिले वाशिङटन र प्योङयाङ दुवैले एउटा मित्र मान्ने गरेका छन्।

अस्ट्रेलियाको युनिभर्सिटी अफ साउथ वेल्सका भियतनाम विज्ञ कार्ल थाएरका अनुसार त्यो एउटा तटस्थ आयोजकको रूपमा मानिएको छ र उसले आवश्यक सबै कुरा अमेरिका तथा उत्तर कोरियाबाट अनुमोदन गराएको छ।

Post Comment