प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन राष्ट्रपतिको आदेश

प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन राष्ट्रपतिको आदेश
अन्तर्राष्ट्रिय समाचार

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका छन् ।

देशका विभिन्न ठाउँमा भएको विस्फोटमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् ।

राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिन अगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । राष्ट्रपति सिरिसेनाले मंगलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने संकेत गरेका थिए ।

विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरुको लापरवाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको हो ।

Post Comment