भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराएका हुन ।
उम्मेदवारी दर्ता गराउनुपूर्व राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।
सो क्रममा वर्तमान सरकारका गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टीका अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादललगायत नेताको उपस्थिति थियो ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले गठबन्धनको चुनावी अवस्था तथा भावी रणनीतिका बारेमा नेताहरुसँग छलफल गरेका बताइएको छ ।
भेटवार्तापछि गृहमन्त्री सिंहले एनडिए गठबन्धनले लोकसभा निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे ।
यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ ।
यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्नसक्ने अड्कलबाजी गरिएको थियो ।
तर, अन्तिम समयमा आएर प्रियंका सो क्षेत्रबाट चुनाव नलड्ने पक्का भएको पनि बताइएको छ ।