लाहौरमा विस्फोट: पाँच जनाको मृत्यु २४ घाइते

लाहौरमा विस्फोट:  पाँच जनाको मृत्यु २४ घाइते
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानको लाहौरमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको छ ।

सुफी सम्प्रदायको धार्मिक तीर्थस्थल नजिकै अज्ञात समूहले गराएको विस्फोटमा परि पाँच जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् ।

मारिनेमध्ये तीन जना प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मेदारी लिएको छैन ।

प्रधानमन्त्री इमरान खानले घटनाको निन्दा गरेका छन् । विस्फोटस्थल वरपर प्रहरीले ब्यापक खानतलासी गरिरहेको छ ।

आक्रमण आत्मघाती हो वा होइन भन्ने विषयमा छानविन भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

Post Comment