काश्मिरमा एक तीन वर्षीया बालिकामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ । घटनापछि बन्दिपुरा जिल्ला र घाटीका विभिन्न इलाकामा विरोध प्रदर्शन भए । बालिका र अभियुक्त संबुलका मलिक पुरा इलाकामा बस्छन् । यी क्षेत्रमा कर्फ्यू लगाइएको छ |
सुरक्षा बलले मलिक पुरा जाने सबै बाटो बन्द गरेका छन् । यहाँसम्म कि मिडियाकर्मीलाई पनि त्यहाँ जाने अनुमती छैन । इलाकामा कुनै पनि अप्रिय घटनासँग जुध्नका लागि सडकमा अत्यधिक मात्रामा सुरक्षा बल तैनाथ गरिएका छन् ।
बारामुला इलाकामा सोमबार हिंस्रक प्रदर्शन भए जसमा थुप्रै घाइते भएको खबर छ । एक प्रदर्शनकारीको स्थिती गम्भीर बताइएको छ ।
यो घटनापछि पूरा घाटीमा रोषको स्थिती छ । पुलिसले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान अघि सारेको छ ।
बालिकाका पिता शायर अली डारले उनकी छोरीमाथि स्कूलको बाथरुमभित्र बलात्कार भएको जानकारी दिए । यो स्कूल उनको घर नजिकै छ ।