अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चारदिने औपचारिक भ्रमणका लागि शनिबार जापान आइपुगेका छन् ।
जापान र अमेरिका दुवैतर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन् ।
भ्रमणकाक्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् ।
यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन् ।
सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन् । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए ।
ट्रम्पका एकजना वरिष्ठ अधिकारीले भनेका छन्–‘दुई नेताहरु एकार्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ । यसैबाट उहाँहरुको सम्बन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।’
जापानका एकजना उच्च कूटनीतिक अधिकारीले पनि दुई देशका शीर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्बन्ध अद्भूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।