क्राइस्टचर्च हमलाका मुख्य अभियुक्तद्वारा आरोप अस्वीकार

क्राइस्टचर्च हमलाका मुख्य अभियुक्तद्वारा आरोप अस्वीकार
अन्तर्राष्ट्रिय समाचार

न्यूजिल्याण्डको क्राइस्टचर्चमा गत मार्चमा दुई मस्जिदमा भएको आक्रमणमा संलग्न मुख्य अभियुक्त मानिएका व्यक्तिले सबै आरोप अस्वीकार गरेका छन् ।

५१ जनाको ज्यान जाने गरी भएको आक्रमणमा मुख्य अभियुक्त मानिएका ब्रेन्टन टरेन्ट नाम गरेका अस्ट्रेलियन नागरिकले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका हुन् । क्राइस्ट चर्च उच्च अदालतमा भएको सुनुवाइका क्रममा उनले आफूमाथि लागेका सबै ९२ आरोप अस्वीकार गरेका हुन् ।

२८ वर्षका ब्रेन्टन अडियोभिजुअल लिंकमार्फत अदालतको सुनुवाइमा उपस्थित भएका थिए । उनीमाथि ५१ वटा हत्या आरोपसम्बन्धी, ४० वटा हत्या प्रयाससम्बन्धी र एउटा आतंककारी गतिविधिसम्बन्धी आरोपमा मुद्दा दर्ता भएको छ ।

ब्रेन्टनका वकिल सन टाइटले आफ्ना क्लाइन्ट दोषी नरहेको दाबी पेश गरेका छन् । भिडियो लिंकमार्फत अक्ल्याण्डमा रहेको जेलबाट जोडिएका ब्रेन्टन मुस्कुराइरहेका देखिन्थे । न्यायाधीशले आगामी वर्षको मे ४ का लागि ट्रायलको मिति तोकेका छन् ।

आगामी अगस्ट १६ मा आरोपी पक्षको दाबीका बारेमा सुनुवाइ हुनेछ ।

Post Comment