दिल्लीमा महिला पत्रकार माथि गोली प्रहार

दिल्लीमा महिला पत्रकार माथि गोली प्रहार
अन्तर्राष्ट्रिय समाचार

भारतको राजधानी नयाँ दिल्लीमा आज (आइतबार ) महिला पत्रकार माथि गोली प्रहार भएको छ ।

महिला पत्रकार मिताली चंदोला माथि गोली प्रहार भएको हो । पत्रकार मितालीले हाँकी रहेको कारमा नकावधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनी सख्त घाइते भएकी छिन ।

नोयडा स्थित घरमा बस्ने पत्रकार मितालीको हातमा गोली लागेको छ । उनी खतरामुक्त रहेको धर्मशिला अस्पतालले जनाएको छ ।

सन २००८ मा सौम्या विश्वनाथलाई यस्तै तरिकाले कारमा गोली हाने पश्चात भएको महिला पत्रकारमाथीकाे पछिल्ला आक्रमण  प्रहरीले गम्भीरतापूर्वक लिदैं अनुसन्धान बढाएकाे दिल्ली प्रहरीले जनाएको छ ।

Post Comment