भारतको उत्तरप्रदेशस्थित अलीगढमा हिन्दुहरुको पवित्र धार्मिक पुस्तक गीत पढ्ने ५५ वर्षीय दिलशेरलाई मुस्लिम युवकहरुले मरणासन्न हुनेगरी पिटेका छन् ।
एक फ्याट्रीमा सेक्युरिटी गार्डको काम गर्ने पुरुष घर फर्केपछि गीत पढ्दै थिए । त्यहि समय समीर, जाकिर र केही अरु युवाहरुको समूहले दिलशेरमाथि कुटपिट गरेको भारतीय प्रहरीले जनाएको छ । साथै उनीहरुले श्रीमद्भागवतगीतको साथमा रामायण र अन्य धार्मिक पुस्तकहरु पनि आफ्नो साथमा लिएर गएका छन् ।
घटनाको विषयमा बोल्दै दिलशेरले भनेँ, ‘म मुस्लिम हुँ तर पछिल्लो ३८ वर्षदेखि धार्मिक पुस्तकहरु पढिरहेको छु । मलाई अर्को धर्मको मात्र नभएर पाकिस्तानी पुस्तक पढ्न रोक्ने पनि कसैलाई अधिकार छैन, तर केही युवाहरुले मलाई कुटपिट गरे ।’ प्रहरीले समिर, जाकिर लगायतका युवाहरुले पक्राउ गरी मुद्दा चलाएको छ ।