इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले कुनै हालतमा पनि इरानले तेल निर्यात नराेक्ने बताएका छन् ।
बेलायती विदेशमन्त्री जेरेमी हन्टसँग फोनमा कुरा गर्दै इरानी विदेशमन्त्री जरिफले तेल निर्यात नरोक्ने बताएको इरानी विदेश मन्त्रालयले निकालेका विज्ञप्तिमा भनिएको छ ।
इरानी विदेशमन्त्री जरिफले गएको हप्ता जिब्राल्टरबाट बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर वैध तरिकाबाट नै गैरहेको बताउनुभयाे । साथै उहाँले बेलायतले नियन्त्रणमा लिएको तेलको ट्याङकर छोड्न जोड दिनुभयाे ।
यता बेलायती विदेशमन्त्री हन्टले नियन्त्रणमा लिइएको तेलको ट्याङकर जिब्राल्टरको अदालती प्रक्रिया पूरा भएपछि मात्र छोड्ने बताउँदै नियन्त्रणमा लिइएको तेलको ट्याङकर सिरिया नजाने बताउनुभएकाे छ ।
गएको जुलाई ४ तारिखमा तेलको ट्याङकरले यूरोपियन युनियनको प्रतिबन्ध तोडेको भन्दै बेलायतले नियन्त्रणमा लिएको थियो ।