भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार भनिएका हाफिज सईदलाई पाकिस्तान प्रहरीले गिरफ्तार गरेको छ ।
उनी पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा पक्राउ परेका हुन् ।
पक्राउलगत्तै उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको अधिकारीहरुले जनाएका छन् ।
भारतले उनी मुम्बई हमलाका मुख्य योजनाकार रहेको दावी गर्दै आएको छ । पाकिस्तानले भने उनलाई आतंकवादका लागि आर्थिक स्रोत जुटाइरहेको आरोपमा गिरफ्तार गरेको हो ।
पञ्जावका राज्यपाल शाहबाज गिलका प्रवक्ताले भने, ‘प्रतिबन्धित संस्थाहरुका लागि चन्दा संकलन गरिरहेको आरोप उनीमाथि लागेको थियो ।’