भारतसँग आणविक युद्ध हुन सक्ने इमरान खानकाे चेतावनी

भारतसँग आणविक युद्ध हुन सक्ने इमरान खानकाे चेतावनी
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

यस्तो युद्धमा कसैको पनि जित नहुने उनको जिकिर छ । हिजो एक ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन् ।

आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिएका छन् । उनले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन् ।

पाकिस्तान जुनसुकै हदसम्म पनि जान सक्ने उनले बताएका छन् । पछिल्लो समय भारत र पाकिस्तानबीच कस्मिरको विषयलाई लिएर तनाव बढेको छ । कस्मिरलाई दिँदै आएको विशेषाधिकार युक्त राज्यकाे मान्यता भारतले हटाएपछि दुवै देशबीच तनाव बढेको हो ।

बेलायतबाट स्वतन्त्र भएलगत्तै टुक्रिएर अलग्गै देश बनेकाे पाकिस्तान र भारतले त्यसयता तीनवटा लडाइँ लडिसकेका छन् । भारत र पाकस्तिानका दुई युद्धको कारण कस्मिर विवाद नै रहेको थियो ।

Post Comment