आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु
अन्तर्राष्ट्रिय समाचार

भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेका समय दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य ५० पर्यटक रहेको बताइएको छ । पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन । उद्धार जारी रहेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल ९एनडीआरएफ० सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिनुभएको छ ।

उहाँले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिनुभएको छ । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।

Post Comment