भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा पाकिस्तानविरुद्ध घेरबन्दीको नेतृत्व गरेसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यसको कडा प्रतिवाद गरेका छन्।
प्रष्ट भाषामा इमरानले भने – मानौं परम्परागत शैलीको युद्ध भयो भने, छिमेकी (भारत) भन्दा सात गुना सानो देश (पाकिस्तान)ले के गर्छ? त्यहाँ दुई विकल्प रहन्छ। कि तिमी आत्म समर्पण गर। या प्राण रहुन्जेल लड। यो प्रश्न म आफैँसँग पनि गर्छु। हामी लड्छौं। यदि आणविक शक्ति भएको मुलुकले अन्तिम लडाई लड्छ त्यसको असर सीमाभन्दा धेरै टाढासम्म पुग्छ।
भारतीय प्रम मोदीविरुद्ध संयुक्त राष्ट्रसंघमा पाकिस्तानी प्रम इमरान खानको कडा अभिव्यक्ति
काश्मीरको विषयलाई लिएर पाकिस्तानी प्रम इमरान खानले संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भारत र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गरेका छन्। ४५ मिनेट लामो भाषणमा उनले भारतमा रहेको आरएससलाई हिट्लरले जन्माएको नश्लीय अभियानका रुपमासमेत अर्थ्याए।
‘भारतमा मेरा साथीहरु छन् र मलाई त्यहाँ जान पनि मन लाग्छ। हाम्रो पार्टी सरकारमा आएपछि हामीले समस्या सुल्झाउनका लागि पहल गर्यौं,’ पाकिस्तानी प्रम खानले भने, ‘…मोदीले पाकिस्तानबाट आतंकवादी आक्रमण भइरहेको बताए। हामीले भन्यौं भारतका तर्फबाट बलुचस्थानमा हामीमाथि आक्रमण भयो।’
पाकिस्तानविरुद्ध भारतले राष्ट्रसंघमा घेराबन्दीको तयारी गरेपछि त्यसको कडा प्रतिकार गर्ने गरी खानले आफूलाई प्रस्तुत गरेका थिए। बलुचस्थानमा भएको आक्रमणकै विषयलाई उप्काउँदै उनले भने, ‘दुर्भाग्यवस हामीले त्यो घटनालाई उठाएनौं। राष्ट्रसंघको महासभामा हाम्रा विदेशमन्त्री गए पनि मिटिङ रद्द गरियो।’
‘त्यतिखेरै एक २० वर्षीय काश्मीरी युवक आत्मघाती बिस्फोट गराए। र, इन्डियले हामीलाई दोष लगायो,’ उनले भने, ‘त्यतिखेर मैले टेलिभिजनबाट इन्डियन जनतालाई भने। मैले भने यदि प्रमाण छ दिनुस्, हामी तत्काल एक्सन लिन्छौं। तर उनीहरुले हामिमाथि बम आक्रमण गरे, हामीले प्रतिकार।’
‘नियन्त्रणमा लिएका भारतीय पाइलटलाई तत्काल छोड्यौं, यसलाई बढाउन चाहन्न थियौं।’
‘यसलाई शान्तिको संकेतका लिनुको साटो पाकिस्तानलाई पाठ पढाएँ [मोदीले] भनियो, उनीहरुको जेटले ३ सय ५० आतंककारी मारियो भनियो।’
‘पूरै झुट। उनीहरुले हाम्रा हुर्किँदै गरेका १० रुख मारे जुन एकदमै पीडादायी हो।’
भारतीय चुनावमा प्रधानमन्त्री मोदीले पाकिस्तानविरोधी क्याम्पेनिङ गरेको विषय पनि इमरानले राष्ट्रसंघमा उठाए।
‘उनको चुनावी अभियानमा मोदीले यस घटनालाई ट्रेलरमात्र रहेको र फिल्म अझै बाँकी छ भनेका थिए। उनले ‘पाकिस्तान गएर उनीहरुलाई पाठ पढाएँ’भनेका थिए,’ खानले भने।
भारतको चुनावमा पाकिस्तानविरोधी अभिव्यक्ति दिए पनि त्यसलाई ‘राजनीतिक नेताले गर्ने भाषण’कै रुपमा मात्र लिएको उनले बताए। चुनावपछि सम्बन्ध सुधार हुने अपेक्षाले पाकिस्तानविरोधी चुनावी अभियानमा प्रतिक्रिया नदिएको उनको टिप्पणी थियो।
चुनावपछि पनि भारतले सम्बन्ध सुधारको बाटो नलिएको उनको दावी थियो। दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले पाकिस्तानलाई फाइनान्सियल एक्सन टास्क फोर्समा कालो सूचीका लागि लबिङ गरे र पाकिस्तानलाई तन्नम बनाउन चाहेको उनले बताए।
काश्मीरको विषयमा सिम्ला सम्झौताविरुद्ध भारतले ५ अगस्टमा घात गरेको उनले आरोप लगाए। राष्ट्रसंघीय सुरक्षा परिषदका ११ समझदारीका बुँदा विरुद्ध भारतले काश्मीरी जनताको अधिकार खोसेको महासभामा उनले जनाए।
सुरक्षाकर्मीको परिचालन र कर्फ्युको अवस्था उप्काउँदै प्रम खानले प्रश्न गरे : के कर्फ्यू हटेपछिको अवस्था के हुन्छ मूल्याङ्कन गरेको छ भारतले?
वाध्यात्मक रुपमा महासभामा आएर बोल्न परेको बताउँदै उनले भारतीय प्रधानमन्त्री मोदी आरएसएस कार्यकर्ता भएको बताए।
‘यहाँ मैले बोल्नै पर्छ आरएसएस के हो। मोदी यसका आजीवन सदस्य हुन्,’ उनले भने, ‘यो संगठन हिट्लर र मुसलिनीबाट प्रेरित छ। नश्लीय शुद्धता वर्गीय उच्चतामा यसले विश्वास गर्छ। उनीहरु हिन्दुहरुको स्वर्णकाललाई मुश्लिम र ब्रिटिसहरुले अवरुद्ध पारेको विश्वास गर्छन्। नश्लीय रुपमा मुसलमानको सफाया चाहन्छन्।’
पाकिस्तानले काश्मिरको मुद्दा उछालेको आरोप लगाएका मोदीलाई कडा जवाफ दिँदै इमरानले प्रश्न गरे – काश्मीरमा समस्या बढ्दा पाकिस्तानलाई कसरी फाइदा हुन्छ?’
भारतसँग बताउने कुरा नभएपछि पाकिस्तानलाई तान्ने काम भएको उनको तर्क थियो। ‘जेसुकै होस्, दोष हामीमाथि लाग्छ,’ उनले भने, ‘भारतमा रहेका १ सय ८० मिलियन मुस्लिमहरुले के सोच्छन् भन्ने ठान्छन् मोदी? के तिनीहरुले काश्मीरको हालतबारे अन्जान छन्?’
उनी त्यतिमै रोकिएनन्। प्रश्न कायम राखे, ‘के भारतका मुस्लिमहरु पनि अतिवादी हुन्? हुन् भनेमात्र हामीमाथि पनि प्रश्न उठ्न सक्छ।’