अष्ट्रेलियाका आदिवासीलाई देश निकाला गर्न नपाउने

अष्ट्रेलियाका आदिवासीलाई देश निकाला गर्न नपाउने
अन्तर्राष्ट्रिय समाचार

क्यानबेरा, २८ माघ । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ । अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको नागरिकता नभए पनि उनीहरुलाई देश निकाला गर्न नपाइने उल्लेख छ ।

अदालतले दुई पुरुष – ब्रेन्डन थाम्स र डेनियल लब – को मु’द्दाको सुनुवाई गरेको थियो । जो विदेशमा जन्मेका थिए तर उनीहरु आदिवासी जनजाति समुदायका रहेको पहिचान गरिएको थियो । थाम्सलाई ५१० दिन अध्यागमनको थुनामा राखिएको थियो । अदालतले आदेश दिएको केही घण्टापछि थाम्सलाई जे’लमुक्त गरिएको थियो । उनका वकील क्लेयर गिब्सले अदालतको आदेशका कारण थाम्सलाई सरकारले देश निकाला गर्न नपाउने बताए । “ब्रान्डनले पनि अध्यागमनको थुनामा ५०० दिन बिताएका थिए । उनलाई आफू विदेशतर्फ नै निर्वासित हुनुपर्ला भन्ने चिन्ता थियो । मुक्त हुन पाउँदा अदालतलाई धन्यवाद दिएका छन्,” गिब्सले भने, “उनी आफू रिहा भएकामा अति प्रसन्न छन् र अब परिवारसँग पुनर्मिलन हुन पाउने छन् ।”

Post Comment