बलिउडका अर्का चर्चित हस्ती अभिनेता ऋषि कपुरको निधन

बलिउडका अर्का चर्चित हस्ती अभिनेता ऋषि कपुरको निधन
अन्तर्राष्ट्रिय समाचार

काठमाडौं,१८ वैशाख । बलिउड चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको हो । दुइ बर्ष देखि क्यान्सर रोगबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार बिहान इमर्जेन्सी अस्पताल भर्ना गरिएको थियो ।

उनका भाइ रणधीर कपुरका अनुसार ऋषिलाई २०१८ देखि क्यान्सरले सताई रहेको थियो । अमेरिका न्यु योर्कमा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

उनले सन् १९७३मा बलिउडमा प्रदेश गरेका थिए । उनका हिट फिल्महरु लिला मजनु,अमर अकबर एन्थोनी,सरगम,कर्ज,बोल राधा बोल लगायत थुप्रै सुपरहिट फिल्महरु दिईसकेका छन् ।

Post Comment