मलेसियामा एउटै कम्पनीमा काम गर्ने ३३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ५१ पुग्यो

मलेसियामा एउटै कम्पनीमा काम गर्ने ३३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या ५१ पुग्यो
अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य

क्वलालम्पुर, २७ बैशाख । रोजगारीका लागी मलेसिया पुगेका ५१ जना नेपाली कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् ।

मलेसियाको नेगेरी सेम्बिलान राज्यको राम्बाउमा अवस्थित एउटै कम्पनीमा काम गर्ने ३३ जना नेपालीमा कोरोना भाइरसको पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या बढेर ५१ पुगेको हो ।

फ्याक्ट्रिमा काम गर्ने एक जना कामदारलाई ज्वरो, खोकि, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएपछि चेकजाँचको लागि अस्पताल पुर्याइएको थियो । ती व्यक्तिलाई कोरोना पोजेटिभ देखिएपछि सोही ठाउँमा कार्यररत अन्य कामदारको पनि कोरोना परिक्षण गर्दा शुक्रबार २५ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

चेकजाँच गर्दा शनिबार सोही कम्पनीमा कार्यररत रहेका थप ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको बिहीवार मात्रै मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डहरूलाई एकैदिन कोरोना पोजेटिभ देखिएको थियो । क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार संक्रमित मध्ये ३ जना उपचारपछि निको भएका छन् ।

मलेसियामा हालसम्म ६ हजार ५ सय ८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ८ जनाले ज्या’न गु’माएका छन् भने ४ हजार ९ सय २९ जनानिको भएका छन् ।

Post Comment