अमेरिकामा लगातार चौथो दिन पनि एक हजार बढीको मृत्यु

अमेरिकामा लगातार चौथो दिन पनि एक हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, अमेरिका । अमेरिकामा कोरोनाका कारण लगातार चौथो दिन हजार बढी मानिसले ज्यान गुमाएका छन्।

रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार पनि हजार बढी मानिसको मृत्यु भएको छ।

यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विद्यालय खोल्न जोड दिइरहेका बखत आएको हो।

यसअघि जुन महिनाको सुरूवातमा अमेरिकामा लगातार चार दिनसम्म हजार बढीको संख्यामा कोरोनाबाट मानिसहरूको मृत्यु भएको थियो। त्यसअघि अप्रिलमा भने मृतक संख्या कम थियो।

Post Comment