युएस नेपाल न्युज । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन्।
घटनामा परी अरू ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्।
त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ।