युएस नेपाल न्युज । नेपाल सहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा कुुुुुवेत सरकारले रोक लगाएको छ ।
नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, बोस्निया, चिली, चीन, कोलम्बो, इजिप्ट, हङ्कङ, भारत, इण्डोनेसिया, इरान, इटाली, लेबनान, मेक्सिको, पानामा, पाकिस्तान, पेरु, फिलिपिन्स, सिङ्गापुर स्पेन्न, श्रीलङ्का, सिरिया लगायतका देशका नागरिकको प्रवेशमा रोक लगाइएको हो ।
कुवेतले कोरोना भाइरसको उच्च जोखिम भएका देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको हो । व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको कुवेत टाइम्सले जनाएको छ ।
समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला भएको छ ।