युएस नेपाल न्युज, काठमाण्डौ – महिन्दा राजापाक्षे श्रीलंकामा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ ।
हालै भएको चुनावमा उहाँको दल श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका राजापाक्षेले चौथो पटक प्रधानमन्त्रीका रुपमा शपथ लिनुभएको हो ।
श्रीलंकाको कोलम्बोको केलानियामा रहेको बौद्ध मन्दिर ‘राजमहा बिहार’मा शपथग्रहण कार्यक्रम गरिएको थियो ।
उहाँलाई श्रीलंकाका राष्ट्रपतिसमेत रहेका भाइ गाटाभया राजापाक्षेले शपथग्रहण गराउनुभएको हो ।
शपथग्रहणपछि दाजुभाइ राष्ट्रपति र प्रधानमन्त्रीले बिहारमा प्रार्थना समेत गर्नुभएको बीबीसीले जनाएको छ ।