काठमाण्डाै – विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड नाघेको छ । साेमबार बिहानसम्म विश्वका दुई करोड ३१ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३४ हजार एक सयभन्दा धेरेको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएकाे डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५१ लाख ९९ हजार चार सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ५ सयभन्दा धेरैको मृत्यु भएकाे छ ।
दोस्राे धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३० लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख एक हजारभन्दा धेरैको मृत्यु भएकाे छ । तेस्राे धेरै प्रभावित रहेको भारतमा २२ लाख १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा ४४ हजार चार सयभन्दा धेरैको मृत्यु भइसकेकाे छ ।
सयभन्दा धेरेको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएका मध्ये एक करोड २९ लाख चार हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन्।
अहिले विश्वमा ६३ लाख ९३ हजार चार सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार आठ सयभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएकाे डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।