जनताले भ्रष्टाचार गरेको आरोप लगाएपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

जनताले भ्रष्टाचार गरेको आरोप लगाएपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, काठमाण्डौ – लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताउनुभएको हो ।

उहाँले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिनुभएको समाचार एजेन्सीहरुले बताएका थिए ।  तर आधिकारिक घोषणा भने भएको थिएन ।

उहाँले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।

गएको मङ्गलबार लेबनानको एक खाद्यान्न भण्डारणमा आगलागी भएको थियो ।

Post Comment