युएस नेपाल न्युज, काठमाण्डौ। इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ ।
सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ ।
अहिलेसम्म इजरायलको खाडीका अरब देशसँग कुनै कूटनीतिक सम्बन्ध थिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर दुई देशबीच शान्ति सम्झौता भएको जानकारी दिनुभएको हो ।
उहाँको ट्वीटमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।