विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ७ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ७ लाख नाघ्यो
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज, काठमाण्डौ । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ७ लाख नाघेको छ ।

२ करोड १० लाख जनामा कोरोना पुष्टि भएकोमा ७ लाख ५७ हजारभन्दा धेरैको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

वल्ड्रोमिटरका अनुसार एक करोड ३९ लाख भने उपचारपछि निको भएका छन् । अहिले आइसोलेशनमा रहेका ६३ लाख ९० हजारमध्ये एक प्रतिशत अर्थात साढे ६४ हजारको अवस्था जटिल रहेको र बाँकी ६३ लाख २६ हजारको अवस्था सामान्य छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ७० हजारको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३२ लाख २९ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ५ हजारको ज्यान गएको र संक्रमितका हिसाबले धेरै भएका भारतमा २४ लाख ६१ हजारमा कोरोना पुष्टि भएको र ४८ हजारको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।

ज्यान गुमाउनेको हिसावले भारत चौथाे स्थानमा छ । ५५ हजारभन्दा धेरैको ज्यान गएको मेक्सिकोमा ज्यान गुमाउनेको संख्या धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा छ।

Post Comment