मालीका राष्ट्रपति र प्रधानमन्त्री सहित उच्च पदस्थ व्यक्ति विद्रोही सैनिकको नियन्त्रणमा

मालीका राष्ट्रपति र प्रधानमन्त्री सहित उच्च पदस्थ व्यक्ति विद्रोही सैनिकको नियन्त्रणमा
अन्तर्राष्ट्रिय समाचार
काठमाण्डाै । मालीका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई त्यहाँका विद्रोही सैनिकले नियन्त्रणमा लिएको छ।

राष्ट्रपति इब्राहिम बुबाकर केइटालाई पदबाट हटाउने मागसहित महिनौंदेखि आन्दोलनरत सैनिकले राष्ट्रपति र प्रधानमन्त्री बोबू सिमेसहित उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

राजधानी बामाको नजिकै रहेको सैनिक शिविरमा उनीहरुलाई राखिएको खबरमा उल्लेख छ । राष्ट्रपतिसहितका उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको विरोधमा अन्तर्राष्ट्रिय समुदायमा आवाज उठ्न थालेको छ ।

पश्चिम अफ्रिकी देशको आर्थिक समुदायले विज्ञप्ती निकालेर १५ देशले मालीसँगको आफ्नो सीमा तत्काल बन्द गर्ने र आर्थिक क्रियाकलापमा पनि असहयोग गर्ने घोषणा गर्दै राष्ट्रपतिसहितका पदाधिकारीको तत्काल रिहाइको माग गरेको छ ।

Post Comment