लद्दाखमा चिनले फेरि मारिदियो भारतीय शैनीक

लद्दाखमा चिनले फेरि मारिदियो भारतीय शैनीक
अन्तर्राष्ट्रिय समाचार

लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन । चीनले पनि यसबारे केही औपचारिक जानकारी दिएको छैन ।

२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ ।

यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन ।

तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।

Post Comment