काठमाण्डाै । भारतले चीनमा विकसित एक सय १८ माेबाइल एप्सलाई प्रतिबन्ध लगाएकाे छ, यसमा पबजी पनि सामेल छ ।
इलेक्ट्राेनिक्स र इन्फर्मेशन टेक्नाेलजी मन्त्रालयलकाे तर्फबाट जारी गरिएकाे बयानमा ती एप्सले भारतकाे सम्प्रभुता र अखण्डता, देशकाे रक्षा र लाेक व्यवस्थाविरुद्धकाे गतिविधिमा लिप्त भएकाे बताइएकाे छ ।
मन्त्रालयकाे बयानमा भनिएकाे छ, ‘याे कदमबाट भारतका कराेडाैँ माेबाइल र इन्टरनेट प्रयाेगकर्ताकाे हितकाे रक्षा हुनेछ । याे निर्णय भारतकाे साइबर स्पेसकाे सुरक्षा र सम्प्रभुताकाे सुनिश्चित गर्ने मनसायबाट लिइएकाे हाे ।’
बयानका अनुसार भारत सरकारलाई यी एपका बारेमा विभिन्न गुनासा आइरहेका थिए, तीमध्ये केही रिपाेर्टमा एन्ड्राेइड र आईओएसमा उपलब्ध केही माेबाइल एप्सबाट प्रयाेगकर्ताकाे डाटा अनाधिकृत रुपमा चाेरी गरेर भारतबाहिर रहेकाे सर्भरमा पठाइरहेकाे बताइएकाे थियाे ।
लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशकाे तनाव बढेकाे खबर आएलगत्तै भारतले चीनकाे थप एक सय १८ एप्स प्रतिबन्ध गर्ने निर्णय गरेकाे हाे ।
भारत सरकारले यसअघि जुन महिनामा पनि चीनसँग जाेडिएका ५९ एप्समा प्रतिबन्ध लगाएकाे थियाे, त्यसमा टिकटक पनि सामेल थियाे ।
पछिल्लाे पटक ५९ चिनियाँ एप्स प्रतिबन्ध गर्ने निर्णय गलवान उपत्यकामा १५ जुलाईमा भारत–चीन सैनिकबीच भएकाे हिंसक झडपकाे केही दिनपछि लिइएकाे थियाे ।