कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ लाख पुग्यो

कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ लाख पुग्यो
अन्तर्राष्ट्रिय समाचार

युएस नेपाल न्युज । घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ ।

सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको ज्यान गएको वल्डाेमिटरले जनाएरको छ ।

अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी थपिएका छन् ।

Post Comment