२५,मंसीर । नेपाली फिल्म उद्योगमा ऐतिहासिक सफलता दिलाएको फिल्म छक्का पन्जा अहिले पनि हलमा प्रर्दशनरत छ । १०१ औं दिन मनाउने दौडमा अघि बढेको छकका पन्जालाई दर्शकले औधि रुचाए । फिल्मले राम्रै पैसा पनि कमायो । नव -निर्देशकको रुपमा दिपा श्री निरौला सफल ठहरिन् । फिल्मलाई नेपालका चर्चित हास्यकलाकारहरुको समुहले निर्माण गरेका हुन् त्यस मध्यका एक प्रमुख निर्माता हुन् दिपकराज गिरी । दिपक छक्का पन्जाका मुख्य पात्र पनि हुन् । फिल्ममा दीपकसहित नायिका प्रियंका कार्की, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय छ । फिल्मले पाएको ऐतिहासिक सफलता पछि के भन्छन् त दिपकराज गिरी :-
- छक्का पन्जा यसरी सफल हुन्छ भन्ने लागेको थियो ?
सोच्ने कुरा थिएन । बनाउने कुरा चल्छ कि चल्दैन भनेर रिजल्ट सोच्न सकिँदैन । चाहे बलिउड होस् वा हलिउड यो संसारमा अनिश्चित कुरा हो । - सफलतालाई कसरी लिनुहुन्छ ?
नेपाली दर्शकहरु तिर्खाएका थिए, ‘छक्का पञ्जा’ले प्यास मेटाएको छ । फिल्म हेर्न ८ वर्षको बालकदेखि ९० वर्षको वृद्धासम्म हलसम्म पुगेको मैले पाएँ । हामीले वर्षाैपछि दर्शकको प्यास मेटाएका छौं । यो ऐतिहासिक सफलता हो ।
- ९० दिन सम्म आईपुग्दा कति कलेक्सन गर्यो ?
हालसम्म १५ करोड संकलन भएको छ । फिल्म अझै पनि हलमा चलिरहेको छ ।
- फिल्मले कमाएको नाफाबाट बोनस रकम बाँड्ने पनि सुनिएको छ ?
फिल्मका सबै साथीहरुको मनोबल उच्च पार्न तथा परिश्रमको उचित सम्मानका लागि हामीले बोनस बाँड्ने निर्णय गरेका हौं । अहिले नै बाँडेका छैनौं ।
- नयाँ फिल्म बनाउने योजना के छ ?
हामीले बनाएको कलाकारले बनाउने भनेकै फिल्म नै हो । ‘छ एकान छ’, ‘वडा नम्बर ६’ र अहिलेको ‘छक्का पञ्जा’लाई दर्शकले मनपराइदिनुभएको छ । विषयवस्तुको खोजीमा छु । आगामी दिनमा दर्शकले अझै मन पराउने फिल्म बनाउन लागिरहेको छु ।