२३,पुष । म्युजिक भिडियो अभिनय गरेर फिल्ममा प्रबेश गर्दैछिन् श्रद्धा प्रसाई । उनि दपर्णछायां २ बाट मुख्य भुमिकामा डेब्यु गर्दै छिन् । कानुन बिषयकि बिद्यार्थि श्रद्धा आफुलाई अनमोल केसि मनपर्ने बताउँदै अनमोलको गलफ्रेण्ड भएर स्क्रिन सेयर गर्न मन लाग्ने बताउाछिन् ।
पहिलो पटक फिल्मको क्यामेरा फेस गर्दा कस्तो लाग्यो ?
सुरुमै पहिलो टेक दिने बेला डर लाग्या थियो तर पछि पछि राम्रो हुदै गयो । फिल्म सकिदा पनि अझै चलीरहे हुन्थ्यो झै लाग्या थियो ।
फिल्म क्षेत्रमा आउनु बाध्यता कि रहर ?
बाध्यता होईन मैले सानोमा पनि नाटक गरेकि थिए तयो पनि ईन्द्र भगवानको । अभिनय गर्न रहर थियो मलाई करियर नै यहि फिल्डमा भन्दा पनि पढाई पनि छ अनि नायिका पनि मन्न मन छ ।
कुन चाँहि नायक संग स्क्रिन सेयर गर्न मन लाग्छ ?
सबै संग लाग्छ तर गलफ्रेण्ड बनेर खेल्न चाँहि अनमोल केसिसंग स्क्रिन सेयर गर्नमन छ ।
कसैले हाई सेक्सी भन्यो भने के गर्नुहुन्छ ?
आफ्नै साथिहरुलाई त हेल्लो भन्छु तर कोहि नचिनेकोले डाईरेक्ट भन्यो भने त झ्याम्म दिन्छु म त ।
लाईन मार्ने केटाहरु कति छन् ?
छन् नि थुप्रै छन् पहिले देखि नै थिए अहिले मात्रै होईन ।
फेसबुकमा कसैले आईलभ यु भनेर म्यासेज गरे के रिप्लाई गर्नुहुन्छ ?
हेर्छू मात्रै रिप्लाई गर्दिन, आफुलाई नि मनपरे ए हो ……ए हाई भन्दै रिप्लाई गर्छु ।
दर्पण छाँया २ पर्खिने र तपाईलाई पर्खने कति छन् झै लाग्छ ?
दर्पणछायाँ एउटा राम्रो फिल्म थियो त्यसकै नामबाट दर्पण छायाँ २ आउँदैछ सिक्वेल नभएपनि फिल्म राम्रो बनेको छ । तुलसि घिमिरेको फिल्म भनेपछि पक्कै पनि दर्शकहरुले पर्खिरहनु भएको छ।