अहिले मुलुक संघीयताको सिद्धान्त अवलम्बन गर्दै मुहार फेर्ने चरणमा छ । यसका लागि तीन तह स्थानीय, प्रदेश र संघीय सरकार गठन भइसकेको छ । स्थानीय र प्रदेश सरकार अलमल्ल परेका छन् भने संघीय सरकारले आफ्नो शक्तिलाई पूर्ण रुपमा प्रयोग गरिरहेको छ । यसरी शक्ति प्रयोग गर्नका लागि युवाको सहयोग अपरिहार्य हुनसक्छ । युवाको सहयोग मात्र होइन सहकार्यमा अघि बढ्न सके मुहार फेर्न केहि सहज हुने अपेक्षा गर्न सकिन्छ । सरकारले बिदेशिएका युवालाई स्वदेशमै रोजगार दिने, दुव्र्यसनमा तल्लीन भएका युवालाई विकासमा तल्लीन बनाउने जस्ता योजना अघि सार्दै युवालाई देशको एक हिस्सा मानिरहेको भान भइरहेको
छ । यस्ता समसामयिक विषयमा जिल्ला युवा समिति मकवानपुर अध्यक्ष सन्तोष चौलागाईंसँगको कुराकानी :
तपाईं युवा संघसँगै जिल्ला युवा समिति मकवानपुरको नेतृत्वमा हुनुहुन्छ, जिल्लाको समग्र विकासमा युवाको भुमिकालाई कसरी लिनु भएको छ ?
राजनीतिमा युवाको सहभागिता जसरी उल्लेख्य भएको छ, यसले आगामी दिनमा विकासमा सहभागिता पनि पक्कै गराउने छ । लामो समय सम्मको अन्यौलता हटाउन केही समय त अवश्य नै लाग्ने छ । भविष्यमा हैन आजैबाट युवालाई विकासका लागि लगाउने हो भने रोजगारका उपाय, समान पहुँचका आधारमा सहभागिता गराउन सकियो भने मकवानपुरे युवाले देश मै विकासको मोडल प्रस्तुत गर्नसक्छन् र यस्का लागि म र म आवद्ध संस्था के के गर्न सक्छ भनेर लागि परेका छौं ।
मकवानपुरमा युवाको सक्रियतालाई सकारात्मक मानिन्छ, क्षेत्रगत सहभागितामा युवाको सक्रियता बढाउन कस्तो योजना अघि बढाउनु पर्ला ?
मकवानपुरका कतिपय स्थानीय तह विकट हिमाली जिल्ला भन्दाकम छैनन, त्याहाँका युवाको सबै क्षेत्रमा पहुँच एकदमै कम रहेको छ । त्यसमा हामीले काम गर्न जरुरी रहेको छ । यस्का लागि हचुवा भरमा बोलेर भएन, त्यही कै युवाको सहभागितामा आधारित नितीहरु निर्माण गरेरै अगाडि बढ्नु पर्ने देखिन्छ । स्थानीय सरकारको सहयोग मार्फत स्थानीय वडा स्तरमा नै भेलाहरु आयोजना गरी युवाहरुको चाहाना तथा रुची अनुसार समुह बनाएर विभिन्न किसिमका सीप मुलक तालिमहरु संञ्चालन गर्नु पर्दछ जसको लागी चाडैं नै राष्टिय युवा परिषद्ले तिनै तहमा युवा समिति गठन गर्दैछ जसले प्रत्यक्ष रुपमा युवाका मुद्दाहरुलाई स्थानीय रुपमा नै उठान गरी युवा सक्रियता बढाउँछ भन्ने मैले विश्वास लिएको छु ।
युवावर्ग चेपुवामा परेको गुनासो पनि कम छैन, कस्ता युवा चेपुवामा परेका छन्, त्यस्ता युवाका लागि सरकारले कस्तो नीति अबलम्बन गर्नुपर्ला ?
पक्कै पनि तपाईंले भन्नु भएको कुरा केहि हदसम्म ठिक होला आजको जमाना प्रतिस्पर्धाको जमाना छ, युवा उमेर त्यसै पनि विभिन्न क्षेत्रमा युवाको सहभागिता बाक्लो हुन्छ त्यसैले पनि केही न केही र कोही न कोही चेपुवामा परेको पाउँछौ । तर, हिजोको परिपेक्ष र आजको परिपेक्ष अलिक फरक छ, आजका युवामा सक्षम तथा वौद्धिक वर्गको जमात वढी छ । संक्रमणकालिन अवस्थामा के के भएभए तर, आज समय फेरिएको छ । राज्यले युवा लक्षित विभिन्न कार्यक्रमका लागी युवा समिति नै बनाएर स्थानीय सरकार मार्फत् समन्वय गर्न खोजेको छ । यसलाई हामिले ठुलो उपलब्धी ठानेका छौं साथसाथै विभिन्न सीप तथा क्षमताका युवाहरुको पहिचान गरी क्षेत्रगत रुपमा आविष्कार केन्द्र तथा तालिम केन्द्रहरु संचालन गर्न स्थानीय, प्रदेश तथा केन्द्र सरकार मार्फत् अगाडी बढाइनु पर्दछ ।
बेरोजगारी बढ्दो छ, जीविकोपार्जनका लागि युवा बिदेशिने क्रममा न्यूनीकरण हुन सकेको छैन, सरकारले बेरोजगारी भत्तादिने प्रावधान ल्याउन खोजिरहेको छ, स्वदेशमै युवालाई स्थापित गर्न के गर्नुपर्ला ?
मैले फेरी पनि भने समय फेरिएको छ । होला हिजोको दिन देश संक्रमणकालिन अवस्थामा थियो देशमा रोजगारी थिएन विदेशिनुको विकल्प थिएन तर, आज हेर्नुस् पछिल्लो वर्षहरुमा विदेशिने युवाहरु घट्दो छ । २ वर्ष अगाडीका मात्र डाटा हेर्ने हो भने २ वर्ष अगाडी विदेशिने युवाहरुको संख्या ५,३८,००० थियो भने यो वर्ष त्यो संख्या घटेर ३,२३,८७७ मा झरेको छ । त्यसैगरी विश्वयुवा सुचाङ्कमा १४५ स्थानमा रहेको नेपाल ६८ देशलाई उछिन्दै ७७ औं स्थानमा रहेको छ । जहाँसम्म युवालाई स्वदेशमा स्थापित गर्ने कुरा छ त्यो क्रमश हँुदै जाने कुरा हो जसको लागी स्वदेशमा प्रसस्त मात्रामा अवसरको सिर्जना गरिनु पर्दछ । सक्षम र क्षमतावान युवाको पहिचान गर्ने र सीप र क्षमता कम भएकाहरुलाई सीप क्षमता अभिवृद्धि गरी राज्यस्तरबाट लगानीको वातावरण सिर्जना गरिनु पर्दछ जुन केहि हदसम्म भएको पनि छ । जस्तैः शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने व्यवस्था जुन हामिले मकवानपुरमा एक जनालाई प्रदान गीरसक्यौं ।
पछिल्लो समय युवावर्ग दुव्र्यसनमा फस्ने, अपराधिक घटनामा संलग्न हुने क्रम बढ्दो छ, यसको न्यूनीकरणका लागि तपाईं जस्ता नेतृत्वले के गर्न सक्छ ?
युवाहरु दुव्र्यसनमा फस्ने पहिलो कारण भनेको नै अशिक्षा र बेरोजगारी हो । गरिबी, बेराजगारी तथा अशिक्षाले गर्दा युवाहरु जवरजस्त अपराधिक घटना तथा दुव्र्यसनीमा फसेका छन् । हामिले यस्ता किसिमका दुव्र्यसनी तथा अपराधमा नलाग्नका लागी समय समयमा अभिमुखीकरण तालिमहरु संचालन गर्दै आइराखेका छौ । स्कुल तथा कलेजमा लागुऔषध दुव्र्यसनी तथा जनचेतनामुलक होडिङ् बोर्डहरु राख्ने । कुलतमा फसेकाहरुलाई पुर्नस्थापित गर्ने साथै गरिबी न्युनीकरण र रोजगारीको अवस्था सिर्जना गर्न पहल गर्ने जस्ता भावि योजनामार्फत् यसलाई न्यूनीकरण गर्न सकिन्छ ।
–मुलुक संघीयता कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माणको चरणमा छ, यसमा युवाको भुमिकालाई कसरी लिनु भएको छ ?
स्थानीय, प्रदेश र संघीय तिनै तहमा युवाको उपस्थिति बाक्लो रहेको छ अब उहाँहरुले युवा जस्तो भएर कामगर्दिनु भयो भने विकासलाई रोक्न कसैले सक्दैन, अब उहाँहरु प्नि पुरातन नै हिसाबले हिड्नु भएन । अहिले हामीले भन्ने र सुन्ने गरेको जस्तो स्मार्ट सिटी जस्तै उहाँहरु आफै पनि स्मार्ट हुनुप¥यो भन्न खोजेको सुशासन, पारदर्शिता, सुचना र संचारमा आधारित विकासका कार्यक्रममा उहाँहरुको ध्यान पुग्नप¥यो ।
नेतृत्व तहमा उमेर ढक्केकाको हाबी भएको युवाको गुनासो कायमै छ, युवाले मुलुक सञ्चालनमा नेतृत्व पाए भने कस्तो परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ ?
प्हिला युवा भनेको कस्तोलाई भन्ने उमेर ढल्केकोलाई युवा भन्न अलिकन मिल्ला जहाँसम्म युवा नेतृत्वको कुरा छ, युवा भनेको नै परिवर्तन हो । विकशित देशको इतिहास हेर्नुस् जुन देशको नेतृत्वमा युवाले भुमिका पाएका छन् त्यो देश चाँडै नै समृद्ध बनेको इतिहास छ । आजको स्मार्ट युगमा युवाले गर्ने नेतृत्व स्मार्ट नै
हुनेछ ।
तपाईं राजनीति दलसँग प्रत्येक्ष आबद्ध हुनुहुन्छ, राजनीति दलकै भातृसंगठन हाँकिरहनु भएको छ, बालबालिकालाई समेत दलले प्रयोग गर्ने गरेका छन् विद्यार्थी हुँदा बखतदेखि नै दलको झण्डा बोल्ने पुरानै प्रवृति हो यसलाई कसरी लिनुभएको छ ?
सधै एउटै कुरालाई उदाहरण लिएर दिएर हामीले छलफल गर्न हुन्न जस्तो लाग्छ । विषय र परिस्थितिअनुसार हुन्छ त्यो पनि, राजनितिका कृयाकलापमा चाहि आगामि दिनमा कम्तीमा म र म आवद्ध संस्थाले त्यो गर्दैैनौ र राजनीतिकदलले पनि अब नर्गालान भन्ने आशा गरौं ।
अन्त्यमा अहिले दुई तिहाइ बहुमतको सरकार छ, सरकारभित्रै प्रतिपक्ष खडा भइसकेको देखिन्छ । सरकारले सबैलाई समेट्न नसकेको होकी भन्ने आलोचना दिनानुदिन बढ्दो छ । समृद्ध मुलुक निर्माणका लागि सरकार कसरी अघि बढ्नुपर्छ ?
सरकारभित्रै प्रतिपक्ष हैन, मिडियाले त्यसरी बुझनु भएन, एउटा घरभित्र हुर्केका परिवारमा त बेमेल, आलोचना हुन्छ, अब सरकार मात्रै हैन नेकपा एसियामै सबैभन्दा ठुलो संगठन भएकोले केही सकारात्मक आलोचना हुनु जरुरी पनि छ, यस्ले सरकार र पार्टीलाई मात्रै हैन समग्र देशलाई फाइदा नै पु¥याउँछ ।
(हेटौंडा सन्देश दैनिकमा प्रकाशित)