प्रचण्डले संबिधानमा बाह्य चासो र भूमिका निम्त्याएको ओलीको आरोप

जनसरोकार

काठमाडौं , ११ असोज । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संसोधनलगायत आन्तरिक बिषयमा बाह्य चासो भित्र्याएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।

ब्यवस्थापिका संसदमा आज बिशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको संबिधालाई भारतसँगको संयुक्त वक्तब्यमा समावेश गरेर बाह्य चासो निम्त्याएको आरोप लगाउनु भएको हो ।

नेपालको संविधानबिरुद्ध अन्तराष्ट्रिय फोरममा भारतले गरेको प्रयास र संबिधान संसोधनलाई साझा बिषय जस्तै गरेर वक्तब्यमा समावेश हुनु दुखद भएको उहाको भनाई छ । यसले बाह्य चासो र भूमिका निम्त्याएको पनि ओलीको धारणा छ ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक संसदलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भने जस्तो भारतसँगको सम्बन्धमा कुनै सुधार नआएको दावी गर्नुभयो । उहाँले भारतसँगको सम्बन्ध कहाँ र कसरी सुध्रिएको छ भन्ने बारे सदनलाई जानकारी गराउन पनि दाहाललाई आग्रह गर्नुभएको छ ।