प्रत्येक दशैंको च्यांग्रा बजार पोखराको टुँडिखेलमा हुने गर्दछ। यस पाली पनि लगभग ४५ हजार च्यांग्रा र भेडाहरु मुस्तांग देखि ब्यापारीहरु लियर आए । शिर्फ दशैंको बेलामा मात्रा येस्ता भेडा च्यांग्राहरु पोखरा ल्याइन्छ।
उपल्लो भेग, चिसो ठाउमा बस्ने र जडीबुटीहरु खाएको हुनाले भेडा च्यांग्राको मासु अझ बडी पौस्ठिक हुन्छ भन्ने मान्यता मासु पारखीहरुको रहेको छ । यस पटक रोजा च्यांग्राको मुल्य सरदरमा १६ देखि ३० हजार सम्म र भेडाको मुल्य २०-२४ हजार सम्म रहेको पाइयो। खोरपाला भेडा च्यांग्राको मुल्य अन्य को तुलनामा अझ अधिक मूल्य रहेको हुन्छ ।
यस पटक टुँडिखेलमा दशैं महत्सब मेला आयोजना गरियको हुदा भेडा च्याग्रा बिक्रि गर्ने ब्यापारीहरु हरि चोक केहि तल्लो हेम्जा सम्म राजमार्गको किनारा र सेती खोलाको किनारामा आफना भेडा च्यांग्रा हरुको बथान राखेर बसेका थिय । फूलपातीको २ दिन अगाडी दिनभर झरी परेको हुदा यस पटक भेडा च्यांग्रा को मुल्य पहिलेको भन्दा सस्तो हुने आशा राखेका थिय पोखरेलीहरुले, तर तेसपछी पनि पर्न बन्द भयो र दिन धेरै राम्रो भयको हुँदा भेडा च्यांग्रा मुल्य पहिले भन्दा केहि महँगो नै भयो । भेडा च्यांग्रा बजारमा एक प्रकारको छुट्टै रौनक हुने गर्दछ, भने स्कुले बच्चाहरु आफ्ना बाउ वा अभिभाबक संग भेडा च्यांग्रा घिसार्न आयका हुन्छन।
यस पालीको फूलपातीको दिनमा देखिएका दृश्यहरु यूस नेपाल न्युजका पोखरा फोटो पत्रकार खिम लामिछानेको क्यामेराबाट: