साैगात सिग्देल , कार्तिक १ नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँ विकास समिति वार्ड नम्बर १ खैरहनी मा गएराती नौ बजे दुईवटा मोटरसाइकल एक अापसमा ठोकिदा प्रतापपुर वार्ड नम्बर ८ अठलही बस्ने बर्ष २३ का कपिलदेव चौधरी गम्भीर घाइते भएपछि सहिद सामुदायिक अस्पताल चौपातामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक महेश्वर प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । सेमरी बाट बेलाटारी जाँदै गरेको लु २० प ४४९८ नम्बरको मोटरसाइकल लाई विपरीत दिशा बाट अाउदै गरेको युपी ५६ एच ५१४१ नम्बरको मोटरसाइकल खैरहनी पुलमा एकअापसमा ठोकिएको थियो । विपरीत दिशा बाट अाउदै गरेको भारतीय प्लेट नम्बरको चालक बर्ष २२ का प्रतापपुर-८ अठलही बस्ने कपिलदेव चौधरीको मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक जमुनिया – ४ सेमरी का उमेश चापागाईं फरार रहेका छन । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नवलपरासीको त्रिबेणी क्षेत्रमा दिनहुजसो सडक दुर्घटना हुँदै रहदा यसलाई नियन्त्रण गर्न प्रहरी असफल हुदै गइरहेको देखिन्छ ।